साजिर मन्सूर
कलैया,माघ १३
“विश्व कुष्ठ रोग दिवस भब्यताका साथ सफल पारौ,एकताबद्द भैइ कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ” भन्ने नारा सहित बारा सदरमुकाम कलैयामा ७२ औ विश्व कुष्ठ रोग दिवस मनाईएको छ ।
कुष्ठ रोग भनेको एक दीर्घकालीन संक्रामक सरुवा रोग हो, जुन Mycobacterium leprae नामक ब्याक्टेरियाले हुन्छ। यो रोगले मुख्य रूपमा छाला, स्नायु (नसा), आँखा, र सासप्रश्वास प्रणालीलाई असर गर्छ। यदि समयमा उपचार नगरियो भने यो स्थायी अशक्तताको कारण बन्न सक्छ।
यो रोगले मान्छेलाई पुर्ण रुपमा नमारी शारीरिक मानसिक तथा समाजिक रुपमा किस्ता किस्तामा मार्ने डा. लोकेश्वर चौरसियाले बताए ।
चौरसियाले बारामा गएको बर्ष १२३ जना कुष्ठ रोगी भेटिएको र उनिहरु अहिले औषधि खाईरहेको बताए । त्यसमध्ये केही निको समेत भैसकेको बताए ।
पाप गर्नेलाई कुष्ठ रोग लाग्ने भए देशका ठुलठुला भ्रस्टाचारीलाई लाग्थ्यो रामनरेश यादवले बताएका छन । यसको औषधि पनि निशुल्क रुपमा पाईने भएकोले रोग नलुकाउन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले यो रोगका लक्षणहरू बिस्तारै देखा पर्छन्, प्रायः 6 महिना देखि 5 वर्षसम्मको अवधिमा देखिने मुख्य लक्षणहरूमा छालामा हल्का रङको वा रातो दाग, जसले सुन्ना (senseless) बनाउँछ। छालामा घाउहरू, जसले लामो समयसम्म निको हुँदैन। छाला बाक्लो, सुक्खा, र खस्रो हुनु।
पसिना नआउने समस्या देखिने बताए । यादवले हातखुट्टामा झुमझुम वा संवेदनशीलता हराउने,मांसपेशीहरू कमजोर हुनु,
औँला र खुट्टाका औँलाहरू विकृत हुने पनि देखिने बताए । पलक झिम्काउन समस्या,आँखा सुक्खा हुनु र दृष्टि कमजोर हुनु,नाक बन्द हुने वा रगत बग्ने,नाकको आकार बिग्रिनु बताए ।
डा. यादवले कुष्ठ रोगको उपचार मल्टी ड्रग थेरापी (MDT) मार्फत सम्भव छ। यो उपचार निःशुल्क उपलब्ध हुन्छ। यदि माथिका लक्षणहरू देखा परेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। डाक्टर यादवले समयमै उपचार गरेमा यो रोग पूर्ण रूपमा निको हुन्छ बताए ।
स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जन स्वास्थ्य अधिकृत भागरित चौधरी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
द लेप्रोसी मिशन नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको संस्था बाराका जिल्ला सम्पर्क ब्यक्ति करण कुमार चौधरीले जानकारी गराए । यस्ताका पहिचान गरेर स्वास्थ्य केन्द्र सम्म पुर्याउनेलाई प्रती ब्यक्ति १२ सम्म सहयोग दिईने चौधरीले जनाए ।
सडक टोल स्वयं सहायता समूह निजगढका प्रकाश माझीले कार्यक्रम सन्चालन गरेका थिए ।
करण राज प्यालेसमा सम्पन्न कार्यक्रममा ५५ जनाको उपस्थिति रहेको थियो ।







