बारा प्रहरीले जिल्लाको पथलैयाबाट दुई क्विन्टल भन्दा बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ ।
अमलेखगन्जबाट आउदै गरेको बागमती प्रदेश ०३-००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई क्विन्टल १० किलो प्रतिबन्धित गाँजा बरामद भएको प्रहरीले जनाएको हो ।
प्रहरीले चेकजाँच गर्दैगर्दा चालकले मौका हेरेर फरार भएका छन र उनको खोजि भईरहेको बाराका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो ।







