साजिर मन्सूर

कलैया,माघ १८

वारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. १ मा रहेको श्री राम चरीत्र माध्यमिक विद्यालय जयनगर चिउटाहाको ६२ औं स्मृति दिवस धूमधामले मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले राम चरीत्रलाई शिक्षाको  महामानवको उपमा चित्रण गर्दै उहाँको जीवनदर्शनको महत्त्वलाई प्रस्तुत गरेका थिए।

 

कार्यक्रममा बोल्दै अध्यक्ष साहले भने, “हाम्रो तराईमा एउटा भनाइ छ, सन्तान नभएका मानिस कन्जुस हुने र अरुलाई केही नदिने प्रवृत्तिका हुन्छ। तर रामचरीत्रका बारेमा यो बिल्कुल उल्टो छ, उहाँले सम्पूर्ण सम्पत्ति दान गरी जीवनलाई अमर बनाउनु भएको हो। उहाँको जीवन कृति साँच्चै प्रेरणादायक छ।” हामिले शिक्षाका छेत्रमा अमुल्य योगदान दिएका यस्ता महामानवहरुलाई सदैव सम्मानका साथ आदर गर्ने उनको कथन थियो ।

बिधालयका प्रधानाध्यापक दिनेश ल्रसाद साहले वहाको योगदानले यस भेगका हजारौ गरिब दलित असहाय सङ्गै धनी का छोराछोरी ले समेत उच्च शिक्षा हासिल गरि देश र जनताको सेवा गरिरहेको बताए ।

राम चरीत्र मा. बि. का प्रधानाध्यापक साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा

 आदर्श कोतवाल गाउँ पालिका वाड न १ का वाडा अध्यक्ष सुनिल प्रसाद कुशवाहा, वाड न ८ का हरिनारायण प्रसाद कुशवाहा, रामचरीत्र उच्च मा. बि. जयनगर चिउटहाका व्यवस्थापन समितिका पुर्व अध्यक्ष मुन्ना पटेल, नेपाल शिक्षक संघ वाराका अध्यक्ष राजकिशोर सहनी, शिक्षक जितेन्द्र गिरी, जय प्रकाश दास, शिवनाथ साह, स्व. रामचरीत्र प्रसाद जैसवारले बिधालयलाई गरेका योगदानको चर्चा गर्दै उहाको स्मरण गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक रमेश साह तथा कार्यक्रम संचालन राजकुमार कुशवाहा र पदम चौधरीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर