भारतीय प्रतिबन्धित रुपैयाँ ५ समयको नोटसहित वीरगंजबाट एकजना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बाराको नौतन गण्डक बस्ने २२ बर्षीय नितेश गुप्ता रहेका छन ।

उनलाई सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगंज – १६ भन्सार नजिकैको चेकपोष्टमा ना ३१ प २७५६ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा प्रतिबन्धित भारतीय रुपैयाँ ५ समयको नोट २ सय थान अर्थात १ लाखसहित पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धान र कारवाहीको लागी वीरगंज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर