सर्लाही प्रहरीले नेपाली नक्कली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्लाका २७ बर्षीय मुकेश कुमार सोनी रहेका प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार वीआर ३० एई ३३९९ नम्बरको मोटरसाईकलमा आएका भारतीय नागरिक सोनी ईश्वरपूर नगरपालिकाको वडा नम्बर १५ सुकनहा बजारमा सामान खरिद गर्ने क्रममा नक्कली रुपैयाको प्रयोग गरेका थिए । त्यसपछि पसलेले दिएको सुचनाको अधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
प्रहरीले उनको साथबाट नेपाली १ सय दरका २९ थान र ५ सय थानको १ थान नक्कली रुपैयाँ फेला परेको हुदा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाईएको जनाईएको छ ।







