
बिश्वास सम्बादाता
कलैया,माघ २१
रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज प्राली श्रीपुर बाराले भोलि २२ गते बिहान ६ बजे देखि पुनः क्रसिङ्ग सुचारु गर्ने जनाएको छ ।
आज २१ गते सोमबार विहान ९ बजे देखि १५ घण्टा सम्ममा मिलको क्लिनीङ्ग कार्य पुरा हुन नसक्ने अवस्था रहेकोले मिल प्रशासनले समय थप गरी भोलि २२ गते मंगलबार बिहान ६ बजे बाट मिल पुन: सुचारु गरिने जानकारी गराएको छ । मिल प्रशासनका प्रमुख प्रशासकिय अधिकृत जगत नारायण श्रेष्ठ द्वारा हस्ताक्षरित सुचनामा सो उल्लेख गरिएको छ । मिलले यसबाट उखु किसानहरु पर्न गएको असुबिधा प्रती छमा समेत मागेको छ ।