साजिर मन्सूर 

कलैया,माघ २२

दुखमा दुख बाड्दा दुख घट्छ शुखमा सुख बाड्दा सुख बढ्छ प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले बताएका छन ।

समाज कल्याण सहयोगी समुहका सदस्य ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक महाबिर रिसालको ममतामयी आमा स्वर्गीय उमादेबी रिसाल(जन्म १९९०/०६/११-मृत्यु २०८१/१०/१०) प्रती आयोजित भावपुर्ण श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कलैयामा उनले यस्तो बताएका छन । रिसालले बाराको शिक्षा छेत्रमा सहयोग पुगोस भनेर आफ्नै पहलमा ग्यालेक्सी बोर्डिङको स्थापना गराएको सबैमा जानकारी समेत गराए । ९१ बर्षको उमेरमा पनि स्वर्गीय आमा रिसालले आफ्नै प्रत्यक्ष निगरानिमा बालबालिकाहरुलाई अत्यन्तै सुमधुर बाताबरणमा शिक्षा दिलाउन पछि कहिल्यै पर्नुभएको थिएन ।

आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सभा सदस्य माननीय महमद समीर ,कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,पुर्व वडा अध्यक्ष हरिओम सोनार,समाजसेवी बिनोद पाल लगायतकाले श्रद्धाञ्जली ब्यक्त गर्दै स्वर्गीय रिसालको बारेमा स्मरण गरेका थिए ।

 

रामाशिष साह कानुको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा उपाध्यक्ष अनिल गौरब,सचिव पवन सरार्फ,सह सचिव वसन्त घिमिरे,कोषाध्यक्ष रबिन्द्र साह,सल्लाहकार हिटलर सिंह,मनिन्द्रनाथ शर्मा,अजय सरार्फ,राजिन्द्र कुश्वाहा लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर