साजिर मन्सूर

कलैया,माघ २२

बारा प्रहरी प्रमुख सन्तोष तामाङ्ले अब आफ्नो जिल्ला प्रहरी कार्यालयमा दलाली नचल्ने बताएका छन् ।बारा प्रहरी कार्यालयले बिहीबार राखेको पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रहरी प्रमुख तामाङ्ले यस्तो बताएका हुन । प्रहरी कार्यालयहरुमा काम गराइदिने भन्दै सोझासाझा जनतालाई ठग्ने काम हुने गरेको आफूलाई राम्रोसंग जानकारी रहेको बताए ।

त्यसकारण म रहुञ्जेल आफ्नो अड्डामा सबै खाले दलालीको काम बन्द रहेको उनको भनाइ छ । उनका अनुसार न्याय सम्पादनमा कुनै किसिमको दलालीको काम सहय हुँदैन । योसंगै शान्ति सुरक्षामा कुनै किसिमको विभेद नहुने उनले ठाकुवा गरे ।

कानुन कायान्वयको सवालमो प्रहरीले कसैसंग कुनै भेदभाव नगर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले मुलुकमा तीन तहको सरकार छ, सबैको आ–आफ्नै सिमा छन् । तर तीनै तहका सरकारसंग समन्वय गरेर प्रहरी आफ्नो काम काम कारबाही अगाडि बढाउँछ ।’

‘यो दौरान बारा प्रहरीले कसैसंग पनि कानुनी भेदभाव गर्दैन, किनकी प्रहरी सबैको हो । त्यसलाई मध्यनजर गरेर नै हामी काम गर्नेछौं,’ उनले भने ।

गलती गर्ने जोसुकै भएपनि त्यसलाई कानुनी दायरामा ल्याउन प्रहरी ब्याक नहुने उनी बताउँछन् । उनका अनुसार खासगरी नेपाल प्रहरी जनताको बिचमा रहेर काम गर्ने संगठन हो ।

‘त्यसकारण जनतामाथिको अत्याचार सहन हुँदैन, पहिलो प्राथमिकतामा हामी नागरिकलाई राखेर कानुन अनुसार काम गर्नेछौं,’ उनी भन्छन् । यो साथै प्रहरीले गर्ने चेकिङ्, गस्ती, चोरस् पैठारी रोकथाम तथा सीमानाकामा हुने कडाइँमा कुनै कसर बाँकी नराख्निे उनको दाबी छ ।

प्रहरी संगठनको नीति भन्दा बाहिर गएर गतिविधि गर्ने प्रहरीका जुनसुकै दर्जालाई कारबाही गर्न आफू सहमति नगर्ने उनको ठोकुवा छ ।उनका अनुसार फेरि राम्रो काम गर्ने प्रहरीलाई भने आफ्नो नेतृत्वले सम्मान पनि गर्नेछ ।

तर कानुन भन्दा बाहिर गएर संगठनको निर्देशनविपरीत कुनै कामकाज नहुने प्रहरी प्रमुख तामाङ बताउँछन् । नेपाल प्रहरी प्रधान कार्यालयले यही साता केही जिल्लाका कमाण्डरहरुको जिम्मेवारी हेरफेर गरेको थियो । सोही सरुवा अनुसार बाराको कमाण्डरको रुपमा प्रहरी मुख्यमलयले तामाङले पठाएको छ

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर