साजिर मन्सूर 

कलैया,माघ २३

oplus_2

शिक्षा छेत्रका महादाता माहामानव द अग्रवाल फाउन्डेसनको संस्थापक डा.बजरङ्ग अग्रवाललाई बारा सदरमुकाम कलैयामा पुष्प वर्षा सहित भब्य नागरिक अभिनन्दन गरिएको छ । कलैया उपमहानगरपालिका को मुख्य भरत चौक देखि नगर परिक्रमा सहित भब्य स्वागत गरि नागरिक अभिनन्दन गरिएको हो ।

कलैयामा जन्मेर यहि बिधालयमा अध्ययन गरि अमेरिका बस्दै आएका डा.अग्रवाल सहित उनका भाइ पवन अग्रवाल र समस्त परिवारलाई बारामा स्वागत गरिएको छ ।

द अग्रवाल फाउन्डेसनले नेपालकै जेठो बिधालय मध्येका एक श्री ३ चन्द्र माबीको पुरानो संरचना जस्तै नया भवन बनाएर आज बिधालयलाई उदघाटन गरि हस्तान्तरण समेत गरेको हो । करिब १२ करोड लागतमा निर्माण सम्पन्न भएको आधुनिक सुबिधा सम्पन्न सो डा. बजरङ्ग अग्रवाल सुमित्रा देबि शिक्षालयको भब्य रुपमा उदहाटन गरिएको छ ।

प्रमुख अतिथि समेत रहेका द अग्रवाल फाउन्डेसनका अध्यक्ष महादानबिर डा. बजरङ्ग अग्रवालले मातृभुमिको ऋण तिर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । आफुले जन्मेको ठाउको शैक्षिक बिकासमा सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताए । आफ्नो पिता स्वर्गीय ताराचन्द अग्रवालले कलैयामा गरेका समाजिक कार्यहरुलाई सानै देखि हेरेर त्यसबाट आफुहरु पनि सिक्दै आएर समाजमा लगानी गर्दै जाने प्रतिबद्धता जनाएका छन । अमेरिकामा घर भएपनी मन कलैयामा रहने गरेको डा.अग्रवालले बताएका छन ।

oplus_2

उनले स्थानिय समाजसेवी तथा मारवाडी सेवा समितिका पुर्व अध्यक्ष निरन्जन अग्रवालले आफ्नै निगरानिमा सम्पुर्ण बिधालय भवन निर्माण गराएकोले आफुलाई अत्यन्तै गौरव लागेको बताए । अग्रवालले मधेस प्रदेशमै सुबिधा सम्पन्न बिधालय भवन भएकोले यसको सुरक्षा सबै बिद्यार्थी अभिभावक र शिक्षकले गर्न आग्रह गर्दै गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवाला ईमानदार भएर लाग्नुपर्ने बताए। अग्रवालले भोलि नै कलैया १४ स्थित पसाहा खोला पुल नजिक सुबिधा सम्पन्न बृदाश्रम भवनको उदघाटन गर्ने कार्यक्रम तय गरेका छन ।

 

कलैयाका मेयर बिनोद साहले बिना कुनै स्वार्थ शिक्षामा लगानी गर्ने महादातालाई सम्मान गर्न पाउँदा आफू गौरम्बान्वित भएको बताएका छन । मेयर साहले द अग्र्वाल फाउन्डेसनले नेपाल सरकारले समेत बिर्सिसकेको देशकै पहिलो बिधालय मध्येको एक श्री ३ चन्द्र माबी लाई एक बर्ष भित्रै निर्माण सम्पन्न गराएर सम्पुर्ण लाई चकित बनाईदिएको बताए । उनले यस्ता दानबिरलाई देशको रास्ट्रपतिले सम्मान गर्नुपर्ने बाताबरण बनाउन संघीय सान्सदहरुलाई आग्रह गरे ।

oplus_2

नेपाली काङ्ग्रेसका सह महामन्त्री तथा नेपाल सरकारका पुर्व मन्त्री फरमुल्लाह मन्सूरले दाताहरुलाई धन्यवाद दिदै यो भवनले बाराको शैक्षिक स्तरको सुधार अवस्य हुने र यसमा द अग्रवाल फाउन्डेसन लाई जहिले पनि नेपाली शिक्षा जगतले स्मरण गर्ने बताए ।

oplus_2

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष हरिॐ सोनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्वाला साह,अच्युत मैनाली,सम्बिधान सभा सदस्य प्रमोद गुप्ता,प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठ,महमद समीर,जिसस बारा प्रमुख नरेन्द्र साह,कलैयाको उपमेयर रौषण प्रविण,वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,बिधालयका पुर्व बिद्यार्थीहरु,बिद्यार्थी अभिभावक लगायत जिल्लाका शिक्षा छेत्र सङ्ग सरोकार राख्नेहरुको उपस्थिति रहेको थियो । स्वागत बिधालयका प्रधानाध्यापक नरेन्द्र गिरिले गरेका थिए ।

oplus_2

oplus_2

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर