बारामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल नजिकै मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा बाराको उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतोको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन चोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा महत्तो गम्भीर घईएते हुनुभएको थियो ।

त्यपछि महत्तोलाई उपचारको लागी वीरगंजस्थित नेपाल मेडीसिटी ब्योधा अस्पतालमा ल्याउदा उपचारकै क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको हो । घटना पछी ट्याक्टर चालक फरार छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर