आशेष ढुङाना
कोल्बी,माघ २४
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) बाराका निर्वाचन कमिटीका सह संयोजक भुवन चौधरी थारूको अध्यक्षतामा तथा कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार बाराको कोल्हवी नगरपालिकाका वडा नम्बर ३ रमणीय तथा पर्यटकीय स्थल पथलहवाघाटमा सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) बाराले नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी , कोल्हवी नगरपालिकाका उप नगर प्रमुख लक्ष्मी चौधरी , कोल्हवी नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी , वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी , वडा नम्बर १० का वडा अध्यक्ष कुञ्ज बिहारी चौधरी , कोल्हवी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनाली , नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष विरेन्द्र चौधरी , ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक किसन बस्नेत , समाजसेवी सञ्जय चौधरी , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पुर्व सचिव गुरु प्रसाद गौतम , संचारकर्मी सन्तोष पाण्डे , गोकुल घोरसाईने , जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन बिनिता चौधरीले गरेकी थिइन् । भने स्वागत मन्तव्य ईन्दिरा चौधरीले गरेकि हुन । धिरेन्द्र पनुहरको अध्यक्षतामा ९ सदस्यीय कमिटी यस अघि नै गठन भएको हो।







