हालै सरुवा बारामा भएर आउनुभएको नयाँ पहरी उपरीक्षक सन्तोष तामाङलाई जिल्लको पचरौता नगरपलिकाले भव्य स्वागत गरेको छ ।

नगरपालिकाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक तामाङलाई भव्य स्वागत संगै सम्मान गरिएको नगर प्रमुख जलन्धर सिंहले बताउनुभयो ।

उहाँको सम्मान र स्वागतमा नगरपालिकाका सम्पूर्ण कर्मचारी , पधाधिकारी लगायतको उपस्तिथी थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले प्रहरी उपरीक्षक तामाङको आगमनले जिल्लाबासि सुरक्षाको अनुभूति गर्न थालेको बताउनुभयो ।
उहाँले सबैको हित हुनेगरी काम गर्न समेत प्रहरी उपरीक्षक तामाङलाई आग्रह गर्नुभयो ।

जवाफी सम्वोधनमा प्रहरी उपरीक्षक तामाङले अन्यायमा परेकालाई न्याय दिलाउन कुनै कसर बाकि नराख्ने तथा दोषी उपर अत्याचर हुन् नदिने र दोषीलाई उम्किन नदिने प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकाका प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्षहरु मकबूल मियाँ अंसारी, धेनुक राउत कुर्मी, बनारसी मुखिया बिन, वडा सदस्यहरू, शिक्षा सहायक मुकेश कुमार सिंह, स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साह लगायत बिभिन्न शाखा प्रमुख, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा नम्बर ५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादवले गर्नुभएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर