साजिर मन्सूर

कलैया,माघ ३०

युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले कलैयामा एक महिने सौन्दर्य (ब्युटी पार्लर) निःशुल्क सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । कलैया उपमहानगरपालिका का मेयर बिनोद साहले तालिमको उदघाटन गर्दै सहभागीलाई ईमानदार भएर सीप सिक्न अनुरोध गरेका छन ।

कुमकुम ब्युटी पार्लर कलैया ७ को मेयर साहले उदघाटन गरेका हुन ।

oplus_2

साहले शुभकामना मन्तव्य राख्दै सौन्दर्य कला सिकेर आफै मात्रै प्रयोगमा ल्याउन सके मात्रै पनि महिलाहरूको सौन्दर्यमा हुने ठुलो धनराशि बचत हुने धारणा राखेका छन।

तालिममा कलैयाका २० जना महिलाहरुले सीप सिक्ने प्रशिक्षक सरिता जयस्वालले जनाईन । उदघाटनका अवसर कलैया उपमहानगरपालिका का समाजिक शाखा प्रमुख तपसी चौरसिया,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर