
प्रीयन्का दास
कलैया,फाल्गुन २
बारा सदरमुकाम कलैयामा निशुल्क कपडा बैंकको उदघाटन गरिएको छ । ग्रामीण उत्थान अभियान कलैयाको आयोजनामा लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जनाए । सामाजिक कल्याणकारी सोच राखेर बारामा निरन्तर काम गर्दै आएको संस्थाले ‘निशुल्क कपडा बैंक’ सञ्चालनमा ल्याएको हो । बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बिनोद साहले बताए ।
निशुल्क कपडा बैंकमा खासगरी असहाय,गरिब,बिपन्न,एकल,दलित,पिछडिएको र मजदूर वर्गका व्यक्ति धेरै सङ्ख्यामा झुम्मिने गरेको देखेर आफू पनि खुशी एवम उत्साही भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यवस्थापन का सम्योजक वसन्त अधिकारिले भने ।उनले सबै जिल्ला बासिले यो सत्कर्ममा सहयोग र साथ दिन सबैमा आग्रह समेत गरेका छन । यसलाई निरन्तर गर्न एउटा कार्यबिधी बनाएर अगाडि बढ्न सुझाव दिदै आफ्नो सम्पुर्ण साथ रहने समेत बताए ।
सामाजिक सेवामा हरदम क्रियाशील रहने बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूरको आग्रहमा ग्रामीण उत्थान अभियानले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको संस्थाकि अध्यक्ष माधुरी गिरिले जनाईन । आजै उदघाटन भएको एक घन्टा मै गणपत साह,सायरा खातुन,लालमति देबि,भगवन्ती देबि पन्डित,रिता देबि राम,बिन्दु देबि मल्ली,राजम्ती कुश्वाहा,सुकट मिया अन्सारी,मोतिलाल कुश्वाहा,राजाबाबु जयस्वाल,बिराज राम,राधे गुप्ता गरि ३५ जना भन्दा बढीले छानीछानी कपडा लगेको गिरिले जानकारी गराईन ।
निशुल्क कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टु लगायतका तयारी कपडा राखिएको संस्थाका संस्थापक अन्सारीले जानकारी गराएका छन । सित्तैमा पाइने ती कपडा लिन गरीब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् । हुनेहरु दिएर जानुहोस नहिनेहरु लिएर जानुहोस भन्दै यस अभियानमा सबै सहयोग गर्नुपर्ने समाजसेवि जङ्गबहादुर यादवले भने ।
“किनेर लुगा लगाउने जसको आर्थिक अवस्था छैन, उहाँहरुको कल्याण गर्नका लागि अभियानकै रुपमा यस्तो बैंक खोलेका हौं”संस्थापक अन्सारीले भने ।
अस्पताल रोड भरत चौक कलैया मा रहेको डा. कमरुलहक मेमोरियल अस्पताल को सामने अस्पतालले नै उपलब्ध गराएको एउटा कोठामा ‘निशुल्क कपडा बैंक’बनाइएको छ । त्यहाँ गएर गरीब व्यक्तिले छानीछानी लत्ताकपडा लैजान पाउने सुविधा छ । कपडा लैजाने व्यक्तिले आफ्नो परिचय भने टिपाउनुपर्ने संस्थापक अन्सारीले जनाए ।
अभियानमा टेवा धापाखेल ललितपुर,समृद्ध अभियान,डा. कमरुलहक मेमोरियल अस्पतालले साथ दिएको छ । मिडिया पार्टनरका रुपमा बाराको बिश्वास एफएमले साथ दिइरहेको छ । एक व्यक्तिले एक जोर कपडा लैजान पाउने नियम बनाइएको संस्थापक अन्सारीले जानकारी दिए ।
कार्यक्रममा डा.कमरुलहक मेमोरियल अस्पताल कलैयाका सन्चालक डा. नौषादहक,काङ्ग्रेस नेता लोकेश सिंह,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाल लेखापढी कानुन बयवसायी एसोसिएसन का अमरदिन मन्सूर,नेबि संघ बाराका अध्यक्ष प्रबिण पटेल,लायन्स क्लब अफ कलैयाका अधिवक्ता सुर्यजित सिंह,बारा उधोग बाणिज्य संघका सदस्य मुकेश गुप्ता,नेपाल पत्रकार महा संघ मधेस प्रदेश सदस्य बृजमोहन कुश्वाहा,समृद्ध अभियानका अध्यक्ष लिला चौधरी,निरज चौधरी,कलाम अन्सारी,नेहा कुश्वाहा,प्रीयन्का कुश्वाहा,सरिता चौधरी,पुजा कुश्वाहा,मनिशा गुप्ता,कलैया ज्ञान बाटिका बोर्डिङ स्कुलका पृन्सिपल बिरेन्द्र चौधरि,उषा राम,नितु यादव,अनिता यादव लगायतकाको उपस्थिति रहेको थियो ।
बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महा संघ मधेश प्रदेश सदस्य साजिर मन्सूरले कार्यक्रमको सहजीकरण गरेका थिए ।