साजिर मन्सूर 

कलैया,फाल्गुन ४

बारा सदरमुकाम कलैयामा सन्चालनमा आएको निशुल्क कपडा बैंकमा आज कलैया उपमहानगरपालिका १६ उतर झ्हिटकैयाका बिरेन्द्र पटेलले ६० थान तयारी कपडा सहयोग गरेका छन । पटेलले बैंकका सहयोगी एवम समाजसेवि कलाम अन्सारीलाई सो कपडा हस्तान्तरण गरेका थिए ।  ग्रामीण उत्थान अभियान कलैयाको आयोजनामा लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको बैंकका बारेमा आफुले समाचार देखेर खुशी हुँदै मानवीय कार्यमा सहयोग गर्न आफुले सहयोग गरेको बताए ।

समाजसेवी पटेलले आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था बैंकले गरिदिएकोमा अत्यन्तै सराहनीय कार्य भएको भन्दै धन्यवाद व्यक्त गरेका छन ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष मोकद्दम अन्सारीले पटेल जस्ता उदार मनलाई धन्यवाद दिदै उनलाई अझ यो अभियानमा जुडिरहन आग्रह गरे ।

निशुल्क कपडा बैंकमा खासगरी असहाय,गरिब,बिपन्न,एकल,दलित,पिछडिएको र मजदूर वर्गका व्यक्ति धेरै सङ्ख्यामा झुम्मिने गरेको संस्थाकि लिला चौधरीले जनाईन ।

 

सामाजिक सेवामा हरदम क्रियाशील रहने बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूरको आग्रहमा ग्रामीण उत्थान अभियानले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको संस्थाकि अध्यक्ष माधुरी गिरिले जनाईन । गिरिले सबै जिल्लाबासिलाई सहयोग गर्न आग्रह गरेकी छन ।

 

निशुल्क कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टु लगायतका तयारी कपडा राखिएको संस्थाका संस्थापक अन्सारीले जानकारी गराएका छन ।  सित्तैमा पाइने ती कपडा लिन गरीब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् । हुनेहरु दिएर जानुहोस नहिनेहरु लिएर जानुहोस भन्दै यस अभियानमा सबै सहयोग गर्नुपर्ने समाजसेविहरुले आग्रह गरेका छन ।

अभियानमा टेवा धापाखेल ललितपुर,समृद्ध अभियान,डा. कमरुलहक मेमोरियल अस्पतालले साथ दिएको छ । मिडिया पार्टनरका रुपमा बाराको बिश्वास एफएमले साथ दिइरहेको छ । एक व्यक्तिले एक जोर कपडा लैजान पाउने नियम बनाइएको संस्थापक अन्सारीले जानकारी दिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर