
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोकस्थित इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिएका छन्। निजी अस्पतालहरूको अनुगमन गर्ने क्रममा उक्त अस्पतालले अनुमति नलिई सञ्चालन गरिरहेको पाईएपछि मुख्यमन्त्री सिंहले तत्काल बिरामीलाई अन्यत्र स्थानान्तरण गरी अस्पताल पूर्ण रूपमा बन्द गर्न आदेश दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरका अनुसार अस्पतालले नयाँ बिरामी भर्ना नगर्न तथा सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिइएको छ।