साजिर मन्सूर

कलैया,फाल्गुन ८

कलैया उपमहानगरपालिका वडा नम्बर १ विवेक श्रीवास्तव र श्रीमति सिन्धु श्रीवास्तवले छोरि वैष्णवी श्रीवास्तवको शुभ जन्मदिनको अवसरमा मानवसेवा आश्रम बिरगंज शाखामा ५५ जना आमा बुवालाइ बिहानको भोजन प्रसाद अर्पण गर्नु भएको छ ।

मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) को सेवामा महत्वपूर्ण अभिभावकत्व प्रदान गर्नुहुने श्रीवास्तव दम्पतीलाई आश्रमले धन्यवाद दिएका छन ।

आश्रमको सेवालाई साथ सहयोग र प्रेरणा प्रदान गर्दै आईरहनु भएको उदारमनको व्यक्तित्व एवं स-परिवारलाई धेरैधेरै साधुवाद दिएको संस्थाले दिएको छ ।

 

सम्पुर्ण परिवारको तन स्वस्थ होस, मन निर्मल होस, उच्च रहोस् भावना, तपाईहरुको अझ उन्नति होस प्रगती होस, यहि छ सम्पुर्ण आश्रम परिवारको तर्फबाट लाखौ लाख शुभभावना  सहित अन्य दातालाई समेत सहयोग का लागि अपिल गरिएको छ ।

रास्ट्रीय बाणिज्य बैंक कलैयाका पुर्व शाखा प्रबन्धक हाल बैंकको प्रादेशिक कार्यालय बिरगंजको प्रशासन शाखा प्रमुख श्रीवास्तवले यस्तो मानविय काममा लाग्दा बेग्लै सुखको अनुभूति मिलेको बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर