भारत ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट सहेर निष्कासन गरिएका १५६ नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै घर फर्किएका छन् । बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म १५६ जना नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

भुवनेश्वरबाट रेल तथा सडकमार्ग हुँदै रक्सौल आइपुगेका ती विद्यार्थी वीरगञ्जको इनर्वा र अलौं नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । इनर्वा नाका हुँदै १५३ जना र अलौं नाका हुँदै ३ जना गरी जम्मा १५६ जना विद्यार्थी नेपाल फर्किएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । तीमध्ये २७ छात्रा र १२९ छात्र रहेका छन् ।

फर्किएका विद्यार्थीहरूमध्ये अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरीले वीरगञ्ज महानगरपालिका र साउथजोन माविको सहकार्यमा गाडीको व्यवस्था गरी घर पठाएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर