कलैया । प्रदेश २ सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत बारामा साइकल बितरण गरिएको छ । बारा क्षेत्र नं २(क) का प्रदेश सभा सदस्य शंकर प्रसाद कलवारले साइकल वितरण गर्नु भएको हो ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैयामाई गाउँपालिका वडा नम्बर ८ ईटहरमा शैक्षिक सत्र २०७७ मा कक्षा ८ मा अध्यनरत २१ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । साईकल वितरणले टाढाँबाट आउने छात्रालाई फाइदा हुने, हौसला बढ्नुका साथै पढाईमा अझैँ ध्यान जाने विद्यालयका प्रधानाध्यापक बिरेन्द« चैधरीले बताउनु भएको छ ।
प्रदेश २ मै बेटी पढाउ बेटी बचाउ अभियानले छात्रालाई जिम्मेवार, लगनशील र मिहिनेती बनाउँदै आएको छ । कार्यक्रममा करैयामाई गाउँपालिका प्रमुख भुनेश्वर धामी, वडा न. ८ का अध्यक्ष सुरेन्द« प्रसाद साह लगायत जनप्रतिनिधिहरुकोे पनि उपस्थिति थियो ।