अबैद्ध ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका पर्सा, बाराका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीय कर्मा साह सोनार, ३७ वर्षीया इन्द्रकुमारी परियार र पर्साको वीरगञ्ज महानगरपालिका–२८ का ४० वर्षीय शंकरप्रसाद सोनार रहेका छन् ।
उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
उनीहरू विरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ अनुसारको मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताउनुभएको छ ।







