जिल्ला प्रहरी कार्यालय बाराले अबैध घरेलु मदिरा उत्पादन गर्ने ५ वटा भट्टीको तोडफोड गर्नुको साथै मदिरा बनाउने कच्चापदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ रामटोलमा रहेको ३ वटा मदिरा उत्पादन गर्ने भट्टी , वडा नम्बर १० ग्वासटोलमा रहेको दुई मदिरा उत्पदन गर्ने भट्टीलाई तोडफोड गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ ८ हजार लिटर , पलाष्टिकका सानो ठुलो गरी ११५ वटा ड्रम र मदिरा तयार गर्ने ४ मेसिन नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो ।
नियन्त्रणमा लिएको ८ हजार लिटर कच्चापदार्थलाई नष्ट गरिएको छ भने त्यसको ४ लाख ८० हजार मुल्य निर्धारण गरिएको प्रहरी प्रवक्ता सापकोटाले बताउनुभयो ।







