साजिर मन्सूर
कलैया,फाल्गुन ११
२६२औं सेना दिवसको अवसरमा महादौड सम्पन्न भएको छ । महागढीमाई नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा महादौड प्रतियोगिता सम्पन्न भएको हो । नगर प्रमुख उपेन्द्र प्र यादवको अध्यक्षता तथा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यमा छात्र ५ किमी, छात्रा ५ किमी र (नेपाली सेना, नेपाल प्रहरी, र नगर प्रहरी १० किमी) गरी तिन चरणमा दौड प्रतियोगिता गरीएको हो । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ११०००, ७०००,५००० गरी मेडल सहित पुरस्कृत गरिएको नगर प्रमुख यादवले जानकारी गराएका छन । उपस्थित सबैले सेना दिवसको शुभकामना दिएका थिए ।
नगरप्रमुख यादवले आफै सबै दौडको अनुगमन गरेका थिए । प्रतियोगितामा छात्र तर्फ, ५ किमीमा प्रथम – करैयामाई गापाका पपु यादव,दोस्रो -कलैया उपमहानगरपालिकाका धिरेन्द्र गिरी, तेस्रो -करैयामाई गाउँपालिकाका धिरज कुमार यादव भए ।
त्यस्तै छात्रा तर्फ, ५ किमी दौडमा
प्रथम – रोशनी कुमारी यादव, महागढीमाई नगरपालिका
दोस्रो – प्रेरणा पंडित, महागढीमाई नगरपालिका
तेस्रो- स्नेहा मुखिया, फेटा गाउँपालिका
नेपाली सेना, नेपाल प्रहरी र नगर प्रहरी
१० किमी दौड
प्रथम – यमराज खत्री, ज्वाला दल गण
दोस्रो – बिनोद सुनार, ज्वाला दल गण
तेस्रो – आरविल राई , ज्वाला दल गण
भएका छन ।







