प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट काभ्रे जिल्ला क्षेत्र नम्बर ४ बाट निर्वाचित सदस्य सापकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते निधन भएको थियो ।







