कलैया । सर्लाहीमा करेन्ट लागेर एक जना पुजारीको मृत्यु भएको छ । मृत्यु हुने मा बिष्णु गाउँपालिका वडा नम्बर ८ बक्रौल घर भएका ६० वर्षीय किशोरी दाश बैरागी रहेका छन् । उनि विगत ४५ वर्षदेखि बसवरिया गाउँपालिका वडा नम्बर ६ सोहडवा स्थित राम जानकी मन्दिरमा पुजारीको रुपमा रहँदै आएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार मन्दिरको बरण्डामा भजन किर्तनका लागि माइकमा तार जोड्ने क्रममा पुजारी लाई करेन्ट लागेको थियो ।करेन्ट लागे लगतै स्थानीयले प्रहरीलाई खवर गरेका थिए । पुजारी दाशको घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरिक्षक कृष्ण गिरीले बताउनु भयो ।