
बिश्वास डेस्क
कलैया,चैत १५
खेल र खेलाडीको बिकासका लागि परवानिपुर गाउपालिकाले खेल सामग्री बितरण गरेको छ ।
परवानीपुर गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ का लागि बिभिन्न खेल सामाग्री वितरण गरिएको पालिकाले जनाएको छ ।
परवानीपुर गाउँपालिकामा यो बर्ष चैत्र २१ गतेबाट सुरु हुन गइरहेको दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ का लागि खेल सामाग्री वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले सो खेल सामग्री बितरण गरेका छन । वडा नं. ५ का वडा अध्यक्ष रामेश्वर साह कलवार, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार सहित अन्य कर्मचारी तथा खेलाडीहरूको रोहबरमा उक्त खेल सामाग्री वितरण गरिएको हो ।
यसैबिच प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ। यस प्रतियोगितामा विभिन्न वडाका टिमहरूले सहभागिता जनाउनेछन्, जसअनुसार निर्धारित खेल तालिका सार्वजनिक गरिएको छ। खेल प्रेमी तथा स्थानीयवासीहरूलाई खेलहरू प्रत्यक्ष अवलोकन गर्न अनुरोध गरिएको छ।