
कलैया । बारा मा सर्प को टोकाइ बाट एक बालक को मृत्यु भएको छ ।
बाग्लुंङ् जिल्ला घर भएका हाल आफ्नो मामा घर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टा स्थित ३ वर्षीय सुजित कडेलको घरमा खेलिरहेको अवस्थामा सर्पले टोकाइ बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
बालकको उपचारको लागि नारायणी अस्पताल बिरजंगमा लागिएकोमा उपचारको क्रममा मंगलवार राति ८ बजे मृत्यु भएको प्रब्क्ता मिश्रले बताउनु भयो ।
बालकको बुबा आमा जापानमा बस्दै आएका छन् ।