साजिर मन्सूर
कलैया,चैत २१
मानव सेवाका लागि संघीय राजधानी काठमाडौं बाट गाडीमा विभिन्न कपडा लिएर आएर आज बारा सदरमुकाम कलैयाको निशुल्क कपडा बैंकमा सहयोग गरिएको छ । बाराका गरिब बिपन्नका लागि टेवा संस्थाको सौगात स्वरुप सो कपडा आज हस्तान्तरण गरिएको हो ।
रास्ट्रीय स्तरको संस्था टेवा धापाखेल ललितपुरबाट आउनु भएका अनुदान कार्यक्रम प्रबन्धक अनुजा श्रेष्ठ तथा अनुगमन तथा मुल्यांकन अधिकृत मुना पोखरेलले सो कपडा उपलब्ध गराउनुभएको हो । वहाहरुले संस्थाका मेम्बर,कर्मचारी एवम स्वयंसेवकहरुबाट संकलन गरिएको विभिन्न कपडा निशुल्क कपडा बैंकका सन्चालक ग्रामीण उत्थान अभियानका सन्स्थापक अध्यक्ष मोकदम अन्सारीलाई हस्तान्तरण गरेका छन ।
संस्थाकि अनुदान कार्यक्रम प्रबन्धक श्रेष्ठले निशुल्क कपडा बैंकको ब्यवस्थापन बाट आफुहरु अत्यन्तै खुशी भएको बताईन । उनले आफुहरुले सोचे भन्दा बढी राम्रो काम गरेको भन्दै ग्रामीण उत्थान अभियानलाई प्रसंशा गरिन ।
सो अवसरमा बारा निर्वाचन छेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महमद समिरको समेत उपस्थिति थियो । माननीय समिरले समेत यो कार्यको प्रसंशा गर्दै टेवा जस्तो मनकारी संस्था लाई धन्यवाद दिए । समिरले आफुले समेत यो बैंकका लागि आवस्यक सहयोगका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन ।
नेपाली काङ्ग्रेस बाराका सचिव राजेश रौनियारले टेवा संस्थाको अनुकरण अन्य स्थानिय संघसंगठनले गर्नुपर्नेमा जोड दिए । उनले जिल्लामा खुलेको यो बैंक सबै जिल्लाबासिको भएकोले सबैले यसमा सहयोग गर्नुपर्ने बताए । आफुले समेत आवस्यक सहयोग गर्ने बताएका छन ।
बारा सदरमुकाम कलैयामा निशुल्क कपडा बैंकको गएको फाल्गुन २ उदघाटन गरिएको थियो ।
ग्रामीण उत्थान अभियान कलैयाको आयोजनामा लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको हो । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जनाएका छन ।
सामाजिक कल्याणकारी सोच राखेर बारामा निरन्तर काम गर्दै आएको संस्थाले ‘निशुल्क कपडा बैंक’ सञ्चालनमा ल्याएको हो ।
निशुल्क कपडा बैंकमा खासगरी असहाय,गरिब,बिपन्न,एकल,दलित,पिछडिएको र मजदूर वर्गका व्यक्ति धेरै सङ्ख्यामा झुम्मिने गरेका छन ।

सामाजिक सेवामा हरदम क्रियाशील रहने बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूरको आग्रहमा ग्रामीण उत्थान अभियानले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको हो ।

निशुल्क कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टु लगायतका तयारी कपडा राखिएको संस्थाका संस्थापक अन्सारीले जानकारी गराएका छन । सित्तैमा पाइने ती कपडा लिन गरीब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् ।
“किनेर लुगा लगाउने जसको आर्थिक अवस्था छैन, उहाँहरुको कल्याण गर्नका लागि अभियानकै रुपमा यस्तो बैंक खोलेका हौं”संस्थापक अन्सारीले भने ।
अस्पताल रोड भरत चौक कलैया मा रहेको डा. कमरुलहक मेमोरियल अस्पताल को सामने अस्पतालले नै उपलब्ध गराएको एउटा कोठामा ‘निशुल्क कपडा बैंक’ सन्चालनमा छ । त्यहाँ गएर गरीब व्यक्तिले छानीछानी लत्ताकपडा लैजान पाउने सुविधा छ । कपडा लैजाने व्यक्तिले आफ्नो परिचय भने टिपाउनुपर्ने संस्थापक अन्सारीले जनाए । एक व्यक्तिले एक जोर कपडा लैजान पाउने नियम बनाइएको संस्थापक अन्सारीले जानकारी दिए ।
अभियानमा टेवा धापाखेल ललितपुर,समृद्ध अभियान,डा. कमरुलहक मेमोरियल अस्पतालले साथ दिएको छ । मिडिया पार्टनरका रुपमा बाराको बिश्वास एफएमले साथ दिइरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर