साजिर मन्सूर
कलैया,चैत २७
कलैया उपमहानगरपालिका १ कलैया गाउ मा एक महिला आफ्नै घरमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएकि छन । कलैया १ कलैया गाउका दिनानाथ रामकि पत्नी करिब ३० बर्षकै मुनिता रामले आफ्नै घरमा पासो लगाई आत्म हत्या गरेको हुन सक्ने बताईएको छ । झुन्डिएको अवस्थामा देखेपछी छिमेकीले पासो काटेर तल राखेका थिए । छिमेकी रानी कुमारी रामले घरमा गएर देखेपछी झुन्डिएको अवस्थामा देखेपछी हल्ला गरेकि थिईन । अहिले प्रहरीले सवलाई पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ । पति सङ्ग सामान्य झै झगडा गरेपछी उनका पति अहिले जिल्ला प्रहरी कार्यालयमा थुनामा थुनिएका छन । मृतक रामले तनाव सहन नसकेर त्यसो गरेको हुन सक्ने स्थानीयले बताएका छन । पतिले हरेक दिन रक्सी खाएर स्वास्नीलाई पिट्ने गरेको स्थानियले जनाएका छन । मृतक रामको ३ वटा छोरा साना साना छोराहरु छन ।







