साजिर मन्सूर 

कलैया,जेष्ठ १

बारा सदरमुकाम कलैयामा मा मायादेवी मेमोरियल अस्पतालको उद्घाटन सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले अस्पताल को  उद्घाटन गरेका छन ।

मेयर साहले आफ्नो सम्बोधनमा अस्पतालको स्थापनाले स्थानीय स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा व्यक्त गरे।  उनले अस्पतालले आधुनिक चिकित्सा उपकरणहरू र दक्ष स्वास्थ्यकर्मीहरूको सहयोगमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। मेयर साहले अस्पतालको भूमिकालाई प्रशंसा गर्दै, यसले कलैया नगर छेत्र मात्र हैन क्षेत्रीय स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

अस्पतालका सन्चालक फिजिसियन तथा बाथ रोग विशेषज्ञ  डिएसपी डा.सुरेन्द्र प्रसाद साहले २४ सै घन्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने जानकारी गराए । डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईने बताएका छन ।

 

समारोहमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादव,जनमत पार्टी को केन्द्रिय सदस्य बिकाश सिंह ,नेपाल स्काउट का रास्ट्रीय प्रशिक्षक एवम पुर्व कार्यक्रम आयुक्त भरत साह,कलैया ३ का अध्यक्ष मोहन साह कानु,युवा नेता शशी दास,नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,प्रदेश सदस्य साजिर मन्सूर,जिल्ला उपाध्यक्ष पन्नालाल दास,पुर्व उपाध्यक्ष रामबाबु मेहता,नुर आलम बादशाह सहित स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, र नागरिक समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

अस्पतालका ब्यवस्थापक बिनोद पास्वानले कार्यक्रममा स्वागत गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर