
कलैया ।पर्सा मा अवैध चाँदी को गहाना सहित ज्वेलर्सका संचालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मेघराका ४३ वर्षीय अंगद साह रहेका छन् ।
भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा प्रहरीले बुधबार बिहान साढे ८ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल ले जानकारी दिएका छन् ।
ऊनी चितवन खैरेनी नगरपालिका वडा नम्बर २ स्थित श्रीया ज्वेलर्सका सञ्चालक हुन् ।प्रहरी ले साह बोकेको कालो झोलाभित्र पाँच किलो ३३४ ग्राम चाँदीका गरगहना फेला परेको हो ।
पैदल हिँडीरहको अवस्थामा शंकास्पद देखेपछि वीरगञ्ज र रक्सौलको सिमाना शंकराचार्य गेटनिर चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र उक्त चाँदी प्रहरी ले बरामद गरेको हो ।
पक्राउ परेका साहलाई बरामद चाँदीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको प्रवक्ता खनालले बताउनु भयो ।