
साजिर मन्सूर
कलैया,असार ६
बाराको फेटा गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न भएको छ। गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।
अध्यक्ष अन्सारीले आगामी वर्षका लागि रु. ४० करोड ९ लाख २२ हजार ३ सय ४४ को बजेट प्रस्तुत गर्दै गाउँपालिकाले समावेशी, दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिएको बताएका छन ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखिएको बताउदै अध्यक्ष अन्सारीले गाउँको समग्र विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।
गाउँसभामा गाउपालिकाको उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवाहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जनप्रतिनिधिहरूले गाउँपालिकाको कार्य सम्पादन, बजेटको पारदर्शिता, योजना कार्यान्वयन र सेवा प्रवाहमा थप सुधार गर्न सुझावसमेत दिएका थिए।