कलैया ।नेपाल बिधुत प्राधिकरण कलैयाले आज बिधुत चुहावट गरि चलाएको ९ वटा मोटर सहित एक फ्रीज र २ सय घर बाट हुकिङ्ग गरिएको तार पक्राउ गरि ल्याएको छ ।
ईन्जिनियर तुसार मण्डलको नेतृत्वमा गएको टोलिले कलैया बितरण केन्द्र मातहत पर्ने बरियारपुर ,मझरिया ,मुसहरना ,चरमाेहना ,बगहि ,जमुनिया ,लगडा टाेला, सँत गँज लगायतका स्थानबाट सो परिमाणका बिधुतिय समान पक्राउ गरिएको टोलिका सदस्य एवम प्राधिकरणका फोर म्यान प्रबेज आलमले जानकारी गराउनुभयो ।
बिधुत चुहावटका लागि प्राधिकरणले विभिन्न खालका योजना सङ्गै माईकिङ्ग,प्रचार प्रसार तथा नियमन गरेपनी सोमा कमि नआएपछी समान सङ्गै चोरी गर्ने ब्यक्तीलाई समेत समातिन थालिएको आलमले बताए ।
भोलिबाट नियमित रुपमा नै यो कार्य थालिने टोलि प्रमुख इन्जिनियर मण्डलले बताउनुभयो । टोलिमा प्राधिकरणका सुपरभाइजर राहुल मण्डल, फोर म्यान सुरेन्द्र प्रसाद,राजा हुसेन,भोला दास सहित नेपाल प्रहरीका जवान समेत सामेल रहेको आलम ले बताए ।