साजिर मन्सूर 

कलैया,असार ९

परवानिपुर गाउँपालिकाको १६ औं गाउँ सभा सोमबार सम्पन्न भएको छ। गाउँपालिका सभाहलमा सम्पन्न उक्त गाउँ सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। उपमेयर सुगन्धी देबि कनुईनको आग्रहमा प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले आगामी आवका लागि रु ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ को बजेट प्रस्तुत गरेका छन ।

 

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा विगत वर्षको समीक्षा गर्दै आगामी वर्षको योजना तथा कार्यक्रमहरू प्रस्तुत गरिएको छ् । अध्यक्षले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, युवा तथा महिलामुखी कार्यक्रमलाई प्राथमिकता दिइने बताएका छन्।

सभामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। गाउँसभा शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको गाउँपालिका प्रशासनले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर