साजिर मन्सूर 

कलैया,साउन १

नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजना तथा नेपाल प्रेस युनियन बारा शाखाको आतिथ्यतामा प्रेस युनियनको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा सघन छलफल गरी मिति २०८२ असार ३० गते बारा जिल्लाको कलैयामा सम्पन्न भएको छ। भेलाले ८ बुँदे कलैया घोषणा पत्र जारी गरेको छ ।

घोषणा पत्रमा भनिएको छ ।

१) नेपाल प्रेस युनियनलाई सबल, सक्षम र श्रमजीवी पत्रकारहरूका हितमा पक्षमा काम गर्दै गतिशील संगठन बनाउन नेपाल प्रेस युनियन मधेस प्रदेशका आठ वटै जिल्ला समितिलाई परिचालन गर्ने निर्णय गर्दछ ।

 

२. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिता तथा सञ्चार माध्यमको संस्थागत विकास गर्नका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने निर्णय गर्दछ ।

 

३. नेपाल प्रेस युनियन व्यवसायिक तथा मर्यादित पत्रकारिताको लागि सबै किसिमका आस्था, विचार भएका पत्रकार तथा पत्रकार सम्बद्ध संस्थाहरु संग सहकार्य गर्न तयार छ।

 

४. व्यावसायिक पत्रकारिताको विकास, दक्ष जनशक्ति उत्पादन, विधागत पत्रकारिताको प्रवद्र्धनका लागि युनियनको प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गरि विभिन्न किसिमको पत्रकारको क्षमता अभिवृद्धि सम्बन्धी तालिम तथा अन्य गतिविधि संचालन निर्णय गर्दछ ।

 

५. सञ्चार माध्यममा सहभागिता र विषयवस्तुमा समावेशीतालाई ध्यान दिँदै लैगिङ्गक मैत्री बनाउन पनि आग्रह गर्ने निर्णय गर्दछ ।

 

६. स्थानीय संचारमाध्यमलाई स्थापित गर्न र संस्थागत विकासको लागि स्थानीय सरकार संग लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन कार्यविधिनिर्माणको लागि पहल गर्नुको साथै प्रदेश र स्थानीय सरकारका संग बजेट विनियोजनको लागि माग गर्ने निर्णय गर्दछ ।

 

७. प्रेस युनियनका सबै जिल्ला शाखालाई समय मै साधारण सभा सम्पन्न गर्ने गरी कार्य गर्न निर्णय गर्दछ।

 

८. स्थानीय स्तरमा पत्रकारितालाई बलियो बनाउन पत्रकार संग यूनियन कार्यक्रम संचालन गर्ने निर्णय गर्दछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर