साजिर मन्सूर
कलैया,साउन ४
शिक्षामा भैरहेको ठगिलाई रोक्न कलैयामा क्यारियर क्रीएटिभ एडुकेशनल कन्सल्टेन्सीको भब्य उदघाटन भएको आयोजकले जनाएको छ। कलैयाको बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट को सभाहलमा एक कार्यक्रम का बिच सो कन्सल्टेन्सिको उदघाटन भएको हो ।
शिक्षालाई ब्यापारको रुपमा बिकसित भैरहेको गलत क्रियाकलापलाई रोक्न सबै सचेत हुनुपर्ने प्रमुख अतिथि समेत रहेका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव यादवले बताएका छन । बिदेशमा शिक्षा हासिल गर्न गैरहेको हरेक बिद्यार्थी र अभिभावक यस बिषयमा आवस्यक तथ्य र जानकारी हासिल गर्न सुझाएका छन । कलैयाका कुनै बिद्यार्थी कोहि कतै नठगिउन त्यसका लागि हामि सचेत रहेको यादवले बताएका छन । अहिलेको समयमा शिक्षा छेत्रलाई बदनाम गराउन केही शिक्षा माफियाहरु यो छेत्रलाई बदनाम गराउन लागेको पनि सबैमा अवगत रहेको उनले बताए ।
सोही अवसरमा अधिवक्ता तथा युवा नेता डा.सुशील साहले कलैयाको बिकासमा यस खालका कन्सल्टेन्सीको समेत योगदान हुने बताए । अहिलेको समयमा उच्च शिक्षा हासिल गर्न बिदेशमा जाने होडबाजी चलिरहेको बेला यो कन्सल्टेन्सिले योगदान देओस उनले भने । अहिलेको समयमा सहि बाटो देखाउने कन्सल्टेन्सिको जरुरत रहेकोले यो कन्सल्टेन्सिले त्यो खाडल पुर्ने उनले बिश्वास ब्यक्त गरे ।
यो कन्सल्टेन्सिको देशभरमा काठमान्डौ,बनेपा,जनकपुर र कलैया गरि ४ वटा ब्रान्च रहेका छन ।
कार्यक्रममा कन्सल्टेन्सिको प्रबन्धक अशोक कुमार साह,कलैया ब्रान्च प्रमुख बिशाल गुप्ता,बनेपा ब्रान्चको प्रमुख राजकुमार घिमिरे,नेपाल पत्रकार महा संघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,प्रदेश कोषाध्यक्ष अनिल गौरव,प्रेस चौतारीका नेता अच्युत पौडेल,शिक्षा प्रेमी चन्द्रीका गुप्ता,युवा नेता शशी दास,राजु यादव, विभिन्न शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।







