कलैया । बोलबम कावर संघको ५०औ बर्षगाठमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिकाको सिदेस्वर नाथ मन्दिर प्राङ्गणमा सो सरसफाइ गरिएको हो ।
संघका अध्यक्ष कर्दम श्रेष्ठको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा संघ बाराका संघचालक निरज नेपाली, कार्यवाहक सरोज साह साथै बोलबम सेवक काङ्ग्रेस बाराका नेता जोगिन्द्र कुश्वाहा,माओबादी केन्द्रका युवा नेता मुकेश साह,कलैया उपमहानगरपालिका का बाताबरण शाखाका प्रमुख रामजी मण्डल,हरिॐ साह,वसन्त घिमिरे,साहिल हवारी,अजय साह, राजाराम यादव, श्रीनिवास यादव, राजिव यादव, देवधारी यादव, हुलास यादव, भागवत यादब, शम्भु सिंह,रघुनाथ साह,श्रीकिशुन यादव, रामजि भगत,मोहन प्रसाद सहित गाउँ वासी साथै नगरपालिकाको सरसफाइकर्मिको सहभागीता रहेको नेपालीले जानकारी गराउनुभयो ।