
कलैया । कलैया उपमहानगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय रामपुर खेस्राहामा बेटी पढाउँ बेटी बचाउँ अभियान अन्तर्गत २०७७ सालमा कक्षा आठमा पढ्ने २९ छात्रालाई शुक्रवार विद्यालय परिसरमा साइकल वितरण गरिएको छ ।
विद्यालयका शिक्षक अजय कुमार स्वर्णकारले उद्घोषण गर्नु भएको साइकल वितरण कार्यक्रमको अध्यक्षता नि.वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अब्दुल हकिम अंसारीले गर्नु भएको थियो ।
त्यसैगरी प्रमुख अतिथिमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, विशिष्ट अतिथिमा नगर उपप्रमुख रहिमा खातुन, अतिथिमा वडा नं. ९ का वडा अध्यक्ष डा. अख्तर आलम अंसारी, भूपू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पुरूषोतम पाण्डे, नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य मनोहर आलम अंसारी, प्रधानाध्यापक तोजीलाल साह लगायत विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी र संञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
स्वागत मन्तव्य शिक्षिका उमा खड्काले राख्नुभएको कार्यक्रममा नगर प्रमुख राजेश राय यादवले विद्यालयको अन्य भैतिक संरचनालाई सुधार गर्दैैै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानाध्यापक तेजीलाल साहले विद्यालयको भैतिक अवस्था नाजुक रहेको र सुधार गर्न नगर प्रमुखलाई आग्रह गर्नुभयो । त्यसैगरी विद्यालयका शिक्षक बिनोद प्रसाद भट्टराईले साइकल वितरणले छात्रामा पढ्नु पर्ने र नियमित विद्यालया आउनु पर्ने थप जिम्मेवारी थपिएको बताउनुभयो ।
प्रदेश सरकारको मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउँ अभियानले प्रदेश २ का छात्रामा सकारात्मक परिर्वतन ल्याउनुको साथै माथिल्लो कक्षा पढ्ने वातावरण बनाइ दिएको छ ।