बिश्वास सम्बादाता
कलैया,भदौ २७
नेपालको २०७२ को संविधान भन्दा पछाडी देशलाई फर्काउने प्रपन्च नगर्न मुस्लिम संघले आग्रह गरेको छ । संघ का महासचिव प्रवेज अन्सारीले एक बिग्यप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन ।
बिज्ञप्तिमा भनिएको छ
नेपाल मुस्लिम संघ Gen-2 युवाहरुले शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनाहार युवाहरुप्रती भावपुर्ण हार्दिक श्रद्धान्जली एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
नागरिकको वाकस्वतन्त्रताको अधिकार रक्षाका लागि लडेका श्रद्धेय नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवाज्यू माथि भएको आक्रमण एवं अन्य जो जसमाधी अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ। ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । त्यस्ता निन्दनीय घटनाको संघ घोर-भ्रत्सर्ना गर्दछ ।
शान्तिपूर्ण प्रदर्शन मार्फत दबाव सिर्जना गराएर आफ्ना माग पूरा गराउने Gen-Z पुस्ताको उद्घोस जायज भएपनी सिंहदरवार, राष्टप्रति भवन शितल निवास, संसद भवन, ‘सर्वोच्च अदालत, सरकारी कार्यालय, सञ्चार गृह, व्यवसायिक तवा निजि भवन लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खबौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद र निन्दनीय कार्य भएको प्रति संघ घोर भर्त्सना गर्दछ ।
वर्तमान अवस्थाबाट देशलाई शान्ति र पुननिर्माणको दिशामा अघि बढाउन सबै पक्षले आत्मविश्वासका साथ एकताबद्ध हुन जरुरी छ। नेपालको समुन्नती र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्न सबै गम्भीर बन्न आवश्यक छ। यो विषम परिस्थितिमा वार्ता र संवाद मार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्युले लिनुभएको पहलकदमीको संघ स्वागत गर्दछ। Gen-z पुस्ताको मागलाई नेपालको संविधान २०७२ भित्र बाट नै सम्बोधन गरिनु पर्दछ । २०७२ को संविधान भन्दा पछाडी देशलाई फर्काउने प्रपन्च नगर्नु सम्बन्धित सबै पक्षलाई चेतावनी सहित संघ सबैमा हार्दिक आग्रह तथा अपिल गर्दछ ।







