बिश्वास डेस्क 

कलैया,असोज १७

नेपाल सरकारले असत्यमाथि सत्यको जित भएको अवसरमा देशभरका सरकारी कार्यालयमा दशैको बिदा दिइएर आशिर्वाद थाप्ने दिन सुवर्ण गाउँपालिका कार्यालय भित्र अराजक दृश्य देखिएको छ।

स्थानीय जेनजी अगुवा अजय यादवका अनुसार गाउँपालिका कार्यालयभित्र अर्केस्ट्राका केटि मगाएर असभ्य गतिबिधी भैरहेको सुचना पाएपछी हजारौँ जनताले नाराबाजी सहित गाउपालिका घेराउ गरेका थिए। यादवले गाउपालिका कार्यालय भित्र गाउपालिकाका अध्यक्ष राजेश कुमार यादवले यस अगाडि पनि यस्ता हर्कत गर्दै आएको भन्दै अब जनता आजित भएर यसको प्रतिकार गर्न लागेको बताए । उनले राज्यको श्रोत साधन को धज्जी उडाएर मौज मस्ती गर्ने यिनिहरुमाथी तत्काल छनबिन हुनुपर्ने र कार्वाही गर्नुपर्ने बताएका छन । स्थानियले गाउपालिका अध्यक्षले गाउपालिका चलाउन नसकेको भन्दै तुरुन्तै राजिनामा दिएर जान माग गर्न थालेका छन ।

 

अवस्था अत्यन्तै जटिल बनेपछी भीड नियन्त्रण गर्न प्रहरीले कम्तीमा ४ राउन्ड अश्रुग्यास प्रहार गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पन्डितले पुष्टि गरेका छन।

डिएसपी पन्डितका अनुसार परिस्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गरिएको थियो । अहिले अवस्था सामान्य अवस्थामा फर्किएको छ । स्थानिय आक्रोशित जनताले ढुङ्गा चलाउदा गाउपालिकाको एउटा झ्यालको सिसा फुटेको उनले बताएका छन ।

घटनापछि स्थानीयवासीले धार्मिक दिनमा सरकारी कार्यालयभित्र यस्ता अस्लिल गतिविधि गैरजिम्मेवारपूर्ण भएको भन्दै विरोध जनाएका छन्। यस विषयमा थप छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस बारे गाउपालिका अध्यक्ष सङ्ग प्रतिक्रिया लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेनन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर