बिश्वास डेस्क 

कलैया, असोज ३१

बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर २५ मा अवस्थित श्री नेरा माध्यमिक विद्यालय प्राङ्गण भित्र जनमत पार्टीको प्रवेश कार्यक्रम आयोजना गरिएको घटनापछि विवाद उत्पन्न भएको छ। विद्यालय परिसरलाई राजनीतिक गतिविधिको केन्द्र बनाइएको भन्दै स्थानीय अभिभावक र सरोकारवालाहरूले आपत्ति जनाउदै मेयर बिनोद साहलाई यस बारे गुनासो गरेका छन्।

घटनाबारे जानकारी पाएपछि मेयर साहले सम्बन्धित शिक्षा महाशाखालाई यस बारे तुरुन्त जानकारी लिदै आवस्यक कार्वाही अगाडि बढाउन निर्देशन दिएका छन । यता शिक्षा महाशाखा प्रमुख राजिव यादवले विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद जयस्वार सँग लिखित स्पष्टीकरण मागिएको बताएका छन । शिक्षा शाखाले विद्यालय सरकारी सम्पत्ति भएकाले कुनै पनि राजनीतिक कार्यक्रम विद्यालयमा गर्न नपाइने भन्दै यस्तो गतिविधि दोहोरिएमा कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।

यादवले सिसहनिया मै अवस्थित श्री बौधिमाई आधारभुत बिधालयको कार्यालय सहयोगी आलोक कुमारलाई स्पष्टीकरण काटिएको र उनले चित बुझ्दो जवाफ नदिएकोले फेरि स्पस्टिकरण काटिएको बताए । कार्यालय सहयोगी कुमारले सो दिन आफै पार्टी प्रवेश गरेको तस्बिर समाजिक सन्जालमा आएपछि स्थानियले बिरोध शुरु गरेका थिए ।

शिक्षा महाशाखा प्रमुख यादवका अनुसार, विद्यालय शिक्षा र विद्यार्थीको भलाइका लागि मात्र प्रयोग हुनुपर्ने हो, तर पार्टीगत प्रचारप्रसारले विद्यालयको वातावरण प्रदूषित बनाउने खतरा रहेको बताइएको छ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक जयस्वारले भने, “आफुलाई जनमत पार्टी का प्रदेश उपाध्यक्ष सन्तोश पटेलले गाउँ भित्रको सामान्य छलफलका लागि केही बेर कार्यक्रम गर्न अनुमती मागेको तर पछि राजनीतिक कार्यक्रम पार्टी प्रवेश गराएपछि स्थानियले आक्रोश पोखेको बताएका छन । आफुलाई समाजिक बैठक भन्दै झुक्याएर राजनीतिक कार्यक्रम गरिएको उनले बताएका छन । आफु सङ्ग सानो छलफल गर्ने गर्ने भनेर पछि राजनिती क दलको झन्डा ब्यानर सहित पार्टी प्रवेश कार्यक्रम गर्नु अत्यन्तै गलत भएको बताए ।

 

जनमत पार्टी बाराका अध्यक्ष शिवनाथ पटेलले आफू कार्यक्रममा अलि ढिलो पुगेको र पुग्दा साथिहरु कक्षाकोठामा बसिरहेकोले आफू पनि झुक्किएर त्यहा कार्यक्रममा बस्न पुगेको बताए । आफ्नो पनि त्यस्तो अभिप्राय नभएको र झुक्किएर कक्षाकोठामा कार्यक्रम हुन पुगेको बताए ।

यसबीच, स्थानीयबासीले विद्यालयको राजनीतिकीकरण रोक्न र शिक्षा क्षेत्रमा निष्पक्षता कायम गर्न सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको बताएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर