साजिर मन्सूर 

बारा, पुस १८

बारा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीका क्रममा शिक्षा विकास समन्वय इकाई, बाराले जिल्लाभर सञ्चालनमा रहेका साक्षरता कार्यक्रमका परिचालकहरूलाई बोलाएको छ।

पूर्ण साक्षर जिल्ला घोषणा गर्न आवश्यक मापदण्ड, प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्न शिक्षा विकास समन्वय इकाई बाराको आयोजनामा जिल्लास्तरीय बैठक आह्वान गरिएको थियो। बैठकमा ईकाई प्रमुख अशोक रौनियारले विभिन्न पालिकामा कार्यरत सामुदायिक सिकाई केंद्रका अध्यक्ष ,परिचालक,वैकल्पिक शिक्षा तथा समुदायमा आधारित सिकाइ कार्यक्रमका परिचालकहरूको सहभागिता रहेको बताए।

शिक्षा विकास समन्वय इकाई बाराका प्रमुख रौनियारले जिल्लामा साक्षरताको अवस्थाबारे अद्यावधिक तथ्यांक संकलन गर्न, बाँकी रहेका निरक्षर नागरिकलाई साक्षर बनाउने अभियानलाई प्रभावकारी बनाउन तथा घोषणा प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन परिचालकहरूको भूमिका महत्वपूर्ण रहेको बताउदै तीन महिनामा जिल्लालाई साक्षर घोषणा गर्न लागिपर्न निर्देशन दिए।

बैठकमा सहभागी परिचालकहरूबाट फिल्ड अनुभव, चुनौती तथा सुधारका सुझाव संकलन गरिने र त्यसका आधारमा बारा जिल्लालाई छिट्टै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको शिक्षा विकास समन्वय इकाईले जनाएको छ।

सो अवसरमा ५० जनाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर