साजिर मन्सूर 

कलैया,पौष २७

नेसनल प्याब्सनको २८ औ स्थापना दिवसको अवसरमा जिल्ला स्तरिय स्लो साईकल रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रमुख अतिथी शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख अशोक कुमार रौनियारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

स्लो साईकल रेसमा छात्रा तर्फ आरती राम -डाइमंन्ड ई बो स्कूल प्रथम, सृजना चौधरी- ज्योती पाराडाईज स्कूल दोश्रो,सोहाना खातुन -किन्डर गार्डेन ई स्कूल तेस्रो भएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले जनाए । त्यस्तै छात्र तर्फ स्लो साईकलमा सचिन यादव -डाइमंन्ड ई बो स्कूल प्रथम,साजन ठाकुर – ज्योती पाराडाईज बो स्कूल दोस्रो र आयान अॅसारी – उतम ई बो स्कूल तेस्रो भएका छन ।

कार्यक्रम संयोजक सुनिल प्र गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि केन्द्रिय सदस्य रामबाबु प्र कुशवाहा ,भरत बहादुर मल्ल ,अतिथी बिनोद मणि महतो, मार्क डिक्यूज , राजकिशोर साह , श्रीनारायण साह,नरेस प्र यादव , कमलेश प्र कुशवाहा  ,रूपेन्द्र प्र कुशवाहा ,रामनरेस जयसवार ,शिवशंकर प्र कुशवाहा ,रामबिनेस बैठा पत्रकार प्रभु प्रसाद यादव , नरेस प्र गुप्ता सुरक्षाकर्मी सुनिल प्र यादवको टोली सहभागी बिधालयहरू सम्पूर्ण अग्रजहरूलाई सम्मान गर्दै सदस्य बिधालयका संस्थापक, निर्देशक, प्रिन्सिपल, शिक्षक , बिधार्थी, अभिभावकको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालकको जिम्मेवारी रामबहादुर चौधरीले निभाएका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर