शिल्पा कुश्वाहा
बारा पुष ७
देश परिवर्तनका लागि काङ्ग्रेसभित्रै नीति र नेतृत्व परिवर्तन गरि अगाडी बढिरहेको काङ्ग्रेस जनताको भरोसा अझ जित्दै गएको बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुर्व मन्त्री फर्मुल्लाह मन्सूरले बताएका छन । उनले नया बदलिएको काङ्ग्रेसलाई आम जनताले मतदान गर्न आग्रह गरेका छन्।
“बदल्नुपर्ने देशका लागि बदलिएको काङ्ग्रेस अपरिहार्य छ,” उनले भने, “जनताको चाहनाअनुसार पार्टीभित्र अब संघर्षको बिगुल फुक्नुपर्ने समय आएको बेला गगन थापाले बर्षौ देखिको जनताको सपना पूरा गरेर नेतृत्व परिवर्तन गराएर देखाएको बताएका छन ” उनले पार्टीलाई अझ सबल, सक्षम र जनउत्तरदायी बनाउन वर्तमान नेतृत्वलाई सम्मानजनक विश्राम दिँदै गगन थापाको नेतृत्वमा अघि बढिरहेको काङ्ग्रेसलाई जनताले साथ दिईरहेको बताएका छन ।
मन्सूरले नयाँ नेतृत्वले मात्र काङ्ग्रेसलाई जनताको भरोसाको पार्टी बनाउँदै देशको कायापलट गर्न सक्ने विश्वास व्यक्त गरेका छन । युवाको आकांक्षा, सुशासन, रोजगारी र समावेशी विकास काङ्ग्रेसको प्रमुख एजेण्डा हुने उल्लेख गर्दै उनले भने, “अब नारा होइन, नतिजा देखाउने राजनीति आवश्यक छ।”जसका लागि नेपाली काङ्ग्रेस युद्ध स्तरमा अगाडी बढिरहेको बताएका छन ।
बारा–३ का मतदातालाई सम्बोधन गर्दै मन्सूरले काङ्ग्रेसलाई बलियो बनाएर संसदमा प्रभावकारी भूमिका निर्वाह गराउन आफूलाई अवसर दिन आग्रह गरे। उनले जनताको साथ र मतले मात्र देशलाई सही दिशामा लैजान सकिने स्पष्ट पारे।







