साजिर मन्सूर

कलैया,माघ १०

कलैया उपमहानगरपालिका–०३, भवानीपुरमा सम्पन्न श्री सरस्वती पूजा २०८२ को अवसरमा पूजा समितिमा आबद्ध जेनजी युवाहरूले सरस्वती माताको भसानका क्रममा अश्लील गीत नबजाउन सार्वजनिक आग्रह गरेका छन्।

विद्या, बुद्धि र संस्कारकी देवी सरस्वतीको पूजा शुद्धता, मर्यादा र सांस्कृतिक मूल्यसँग जोडिएको पर्व भएकाले भसानको नाममा अश्लील तथा विकृत गीत बजाउनु देवीको अपमान हुने उनीहरूको भनाइ रहेको छ।

जेनजी युवाहरूले भने, “पूजा भनेको मनोरञ्जनको बहानामा अश्लीलता फैलाउने माध्यम होइन, यो संस्कार सिकाउने अवसर हो। भसानमा भक्ति गीत, सांस्कृतिक तथा सभ्य संगीत प्रयोग गरिनुपर्छ।”

पुजा समिति का अध्यक्ष नागेस्वर महतोले अश्लीलतामुक्त समाज निर्माणका लागि सबै पूजा समिति, साउण्ड सिस्टम सञ्चालक तथा स्थानीय युवालाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

स्थानीयवासीले पनि युवाहरूको यस पहलको प्रशंसा गर्दै धार्मिक पर्वलाई मर्यादित, अनुशासित र संस्कारयुक्त रूपमा मनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर