बिश्वास डेस्क
बारा,माघ १४
नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा उम्मेदवार भैयाराम यादव को पक्षमा जनलहर बढ्दै गएको छ । काङ्ग्रेस बाराका सचिव एवम बाराका चुनावी कमान्डर राजेश रौनियारले हरेक टोलमा जनताको व्यापक उत्साह बढ्दै गएको र भैयाराम यादवको जित सुनिश्चित हुँदै गएको देखिएको छ बताएका छन। महागढिमाइ नगरपालिका, पचरौता नगरपालिका–८ तथा सुवर्ण गाउँपालिका अन्तर्गत कवही क्षेत्रमा गरिएको व्यापक छलफल तथा घरदैलो अभियानपछि गरिएको चुनावी कार्यक्रममा रौनियारले देखिएको उत्साहको प्रसंशा गरेका छन ।
सो अवसरमा स्थानीय जनताको उत्साहजनक समर्थन र साथ प्राप्त भएको देखेर उम्मेदवार भैयाराम यादव भाव बिह्वल भएका छन । यादवले गरिबको छोराले जनताबाट आएको यस्तो साथ पाएर अत्यन्तै उत्साहित भएको बताए ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले जनताको समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट सुन्दै आगामी दिनमा समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका स्पष्ट विचार, सरल व्यवहार र जनमुखी योजनाप्रति मतदाताको आकर्षण बढ्दै गएको स्थानीय नेताहरूले बताएका छन्।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विगतमा भएका कमी कमजोरी सच्याउँदै विकास र सुशासनको पक्षमा काम गर्ने सक्षम उम्मेदवारका रूपमा भैयाराम यादवलाई जिताउन एकजुट हुने प्रतिबद्धता जनाएका छन्। महागढिमाइ, पचरौता–८ र सुवर्ण गाउँपालिका क्षेत्रका टोलटोलमा भएको छलफल तथा जनसम्पर्कले काङ्ग्रेसप्रतिको जनविश्वास अझ मजबुत बनेको सहभागीहरूको भनाइ छ।
घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा सबै वडामा पुग्ने योजना रहेको काङ्ग्रेसले जनाएको छ। स्थानीय जनसमर्थन बढ्दै जाँदा भैयाराम यादवको जित सुनिश्चिततर्फ अग्रसर भएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।







