शिल्पा कुश्वाहा

बारा,माघ १४

नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री बारा ३ का संघीय सान्सद पदका उम्मेदवार फर्मुल्लाह मन्सूरले मुलुक जटिल राजनीतिक, आर्थिक र सामाजिक सङ्कटमा फसेका बेला त्यसबाट बाहिर निकाल्ने ऐतिहासिक जिम्मेवारी नेपाली काङ्ग्रेसले मात्रै सफलतापूर्वक निर्वाह गर्दै आएको ईतिहासले पनि प्रमाणित गरेको बताउनुभएको छ।

बारा सदरमुकाम कलैयामा जेन्जी युवाहरुको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्सूरले भन्नुभयो, “इतिहासले पनि देखाइसकेको छ—देश जबजब कठिन परिस्थितिमा परेको छ, तब नेपाली काङ्ग्रेस नै मुलुकलाई सही दिशातर्फ अघि बढाउने शक्ति बनेको छ।” उहाँले लोकतन्त्र स्थापना, संविधान निर्माणदेखि शान्ति प्रक्रियासम्मका सबै निर्णायक मोडमा काङ्ग्रेसको नेतृत्वदायी भूमिका रहेको स्मरण गराउनुभयो।

मन्सूरले वर्तमान अवस्थामा देश फेरि अस्थिरता, निराशा र अविश्वासको चक्रमा फस्न खोजिरहेको उल्लेख गर्दै त्यसबाट मुक्तिका लागि जनआधारित, लोकतान्त्रिक र जिम्मेवार शक्ति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “नेपाली काङ्ग्रेस जनताको पार्टी हो, जनताको पीडा बुझ्ने र समाधान दिन सक्ने पार्टी हो,” उहाँले जोड दिनुभयो।

उहाँले आगामी निर्वाचनलाई देशको भविष्य तय गर्ने निर्णायक अवसरको रूपमा व्याख्या गर्दै लोकतन्त्र, संविधान र समावेशी विकासको रक्षा गर्न नेपाली काङ्ग्रेसलाई बलियो बनाउन सबै लोकतन्त्रप्रेमी नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो। “रुख छापमा मतदान गर्नु भनेको स्थायित्व, सुशासन र उज्यालो भविष्यको पक्षमा मत दिनु हो,” मन्सूरले भन्नुभयो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। काङ्ग्रेसका युवा नेता जिल्ला सचिव राजेश रौनियारले काङ्ग्रेसप्रति बढ्दो जनसमर्थनले पार्टी पुनः निर्णायक भूमिकामा पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेबि संघ संघ बाराका अध्यक्ष प्रविण पटेलले समेत सारा युवा शक्ति गाउगाउमा रुख छापलाई समर्थन गरिरहेको बताएका छन । पटेलले सारा जनताले गगन थापाको नेतृत्व खोजेकाले सबैलाई गाछी छापमा मतदान गर्न आह्वान गरेका छन ।

यस्तै युवा जुझारु बिकासप्रेमी नेता प्रभात सिंहले समेत देशको उन्नतिका लागि काङ्ग्रेस अपरिहार्य भएको बताउदै सारा युवाले काङ्ग्रेसलाई चाहेको भने ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर