साजिर मन्सूर
कलैया,फाल्गुन २
As Global Educational Network Pvt. Ltd. को आयोजनामा कलैयामा पहिलो पटक “Students Career Orientation Program 2082” भव्य रूपमा सम्पन्न भएको छ। कलैया मा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका एमडी Lucky Shah ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा Dr. Sami को उपस्थिति रहेको थियो। कार्यक्रम व्यवस्थापन Sushant Kumar Sah को नेतृत्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रशिक्षकहरू गङ्गा सागर कुश्वाहा,प्रदिप कुमार गुप्ता, अबरार अन्सारी,सुनिल कुमार साह लगायतका को उपस्थिति थियो । सुशान्त कुमार साह ले विद्यार्थीहरूलाई करियर विकास, व्यवहारिक ज्ञान तथा सीप विकाससम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
उक्त कार्यक्रममा ८०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको र पहिलो पटक टिकेट किनेर सहभागी भएको आयोजकले जनाएको छ। विद्यार्थीहरूलाई भविष्यको करियर छनोट, सीप अभिवृद्धि तथा व्यवहारिक शिक्षातर्फ अभिमुख गराउने उद्देश्यले कार्यक्रम प्रभावकारी भएको सहभागीहरूले बताएका छन्।







