भुवन यादव
कलैया,चैत २
प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश राय यादवले आफ्नै पार्टीका बारा ३ का उम्मेदवार फरमुल्लाह मन्सुरलाई असहयोग गरेको भन्दै कारबाही सिफारिस गरिएको छ ।
कांग्रेसको बारा ३ क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले जिल्ला सभापति यादव लगायत पार्टी लाई हराउन लागेका ९ जनालाई कारबाहीको सिफारिस गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिलाई गरिएको कारबाही सिफारिसमा जिल्ला सभापति यादवसहित जिल्ला सदस्यहरू रवीन्द्र यादव(रोशन), रविकिरण साह,नाजिर अन्सारी,कलैया नगर सचिव सुरेश साह तेलि,तरुण दल बाराका कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेल,मधेस प्रदेश सदस्य महम्मद अतिउरहमान पप्पु,अवधेश यादव,हरि यादव छन् ।
यस्तै कार्वाही सिफारिस गरिएकामा प्रदेश ३ ख का सभापति हरिप्रवेश यादव,
उप सभापति शीनिवास यादव,उप सचिव केदार साह,कलैया उपमहानगर उप सभापति अम्बिका यादव,महाधिवेशन प्रतिनिधि बजरङ्गी साह,भोला राय यादव र बारा २ का छेत्रीय सभापति राम प्रवेश यादव रहेका छन ।







