साजिर मन्सूर
कलैया,चैत १३
बाराको कलैयामा प्रथम मेयर कप ब्याडमिन्टन जिल्ला स्तरीय प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। जिल्लाका विभिन्न स्थानबाट आएका खेलाडीहरूको सहभागितामा प्रतियोगिता उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा सत्यम विपिन मिश्र र मुकेश साहको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेका छन्। उनीहरूले आफ्नो प्रतिद्वन्द्वीमाथि प्रभावशाली खेल प्रस्तुत गर्दै जित हासिल गरेका हुन्।
प्रतियोगितामा ‘पूल ए’ र ‘पूल बी’ गरी दुई समूहमा खेलहरू सञ्चालन भइरहेका छन्। सहभागी खेलाडीहरूले उच्च प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरिरहेका छन्, जसले दर्शकहरूको आकर्षण बढाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा खेलकुद विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। साथै, युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
प्रतियोगिताका खेलहरू निर्धारित तालिका अनुसार बिहानदेखि सुरु भएका छन ।
२०५० साल अगाडि नै कलैयाका प्रदिप साह,सुरेश अर्याल,महेन्द्रमान श्रेष्ठ,सनत अधिकारी र देबेन्द्र लाल श्रेष्ठ ले श्री सिदेस्वर संस्कृत माबिको हलमा शुरु गरेको ब्याडमिन्टन पछिल्लो समय लोप हुदै गएकोमा आजबाट यो कोट र प्रतियोगिता लाई निरन्तरता दिने ब्याडमिन्टन संघ बाराका अध्यक्ष समेत रहेका प्रमुख अतिथि कलैया उपमहानगरपालिका का मेयर बिनोद साहले प्रतिबद्धता जनाएका छन । बारामा सब भन्दा पहिले ब्याडमिन्टन संघलाई स्थापना चुन्नु शर्माले गराएका थिए जसमा २०६४ मा अन्तर माबी प्रतियोगिता र २०६७ मा जिल्ला स्तरिय प्रतियोगिता सम्पन्न गराईएको बाराका उपाध्यक्ष प्रदिप साहले जनाए ।
आज भएको उदघाटन खेलमा मुकेश साह र सत्यम बिपिन मिश्रको जोडिले पारसनाथ चौधरी र रन्जित चौधरीको जोडिलाई हराएर क्वाटर फाईनलमा प्रवेश गरेको छ । १६ जोडी सहभागी रहेको प्रतियोगिताको फाईनल शनिबार दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।
बिजेता जोडिलाई नगद रु.२० हजार सहित ट्रफी, मेडल ,प्रमाणपत्र त्यस्तै दोश्रो हुनेलाई नगद १० हजारसहित ट्रफी, मेडल,प्रमाणपत्र बितरण हुने आयोजक संस्था का अध्यक्ष गुप्ताले जनाएका छन ।
जनचेतना नेपाल कलैया ३ का अध्यक्ष जितेन्द्र गुप्ताको अध्यक्षतामा भएको उदघाटन समारोहमा
प्रमुख अतिथि कलैयाका मेयर बिनोद साह,बिशिस्ट अतिथि जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह,करैयामाई गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव,पुर्व खेलाडी जितेन्द्र यादव,बारा ब्याडमिन्टन संघ का उपाध्यक्ष प्रदिप साह,युवा नेता मुकेश साह,पुर्व खेलाडी समिम अन्सारी,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर लगायतकाको उपस्थिति रहेको थियो ।







