मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सुमो जीपलगायतका हलुका सवारी साधन आज बिहानैदेखि भैँसेमा रोकिएको प्रहरीले जनाएको छ । करिब छ घण्टासम्म रोकिएका सयौँ हलुका सवारीसाधन भैँसे–भीमफेदी सडक सञ्चालनमा आएपछि काठमाडौँतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।रासस

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर